काठमाडौँ, ८ असार । सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ ।
दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
स्रोतका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।