आजको मौसम

काठमाडौँ, ८ असार । देशका विभिन्न भागमा आज पनि विहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

काठमाडौँ, २२ साउन । अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फ्लाई

काठमाडौँ, २२ साउन । गरगहना र नगद लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बालाजु सडकमा हिडिरहेकी एक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021