बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

काठमाडौँ, ८ असार । अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् ।

त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका  एक  दर्जनभन्दा  बढी  करार  कर्मचारीलाई  हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् । उनीहरूको काम कार्यालयमा आउने,  हाजिरी  गर्ने  अनि  तलब  भत्ता  लिने  मात्र  भएको कार्यालयकै कर्मचारी बताउँछन् । ‘कोमा’ मा पुगिसकेको सो आयोजनामा दरबन्दी सिर्जना गरेर नै कर्मचारी भर्ती गर्दै आएको छ । 

काठमाडौँ  उपत्यका  विकास  प्राधिकरणका  प्रमुख  विकास  आयुक्त  जानुका  ढकालले  बाहिरी  चक्रपथ आयोजनामा वर्षौंदेखि दर्जनभन्दा बढी करार कर्मचारीले हाजिरीको भरमा तलब सुविधा बुझ्दै आएको उनले स्वीकार गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021