निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

काठमाडौँ, ८ असार । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका निर्माण व्यवसायीले अत्यावश्यकबाहेकका सेवा बन्द गर्दै आएका छन् । अब उनीहरुले आफ्ना माग सम्बोधन नगरे अत्यावश्यकबाहेकका परियोजना र राष्ट्रिय गौरवका आयोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गरेर निर्माण सामग्रीको मूल्य समायोजन गर्न र व्यवसायीलाई राहत दिन माग गरेका छन् । महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको समेत जनाएको छ । इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजना पनि अब बन्द हुने स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021