व्यवस्था होइन, अवस्था बदल्न राजनीतिमा आएको हुँ : रवि लामिछाने

काठमाडौँ, ७ असार । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा आएको बताएका छन् ।

आज आफ्नो राजनीतिक कार्यक्रमका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले भने, “व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई व्यवस्था होइन, तपाईंहरूको अवस्था बदल्नु छ । यो हिसाबले राजनीतिमा आएको हुँ ।”

टीभीमा रहेर आवाज उठाउँदा राजनीतिक दलहरू नसुध्रिएको बताउड़ाई उनले भने, “राजनीतिक दललाई सुर्ध्र, सुध्र, सुध्र, सप्र, सप्र सप्र भनेर भनिरहेँ । तर, उनीहरू सप्रेनन् । सप्रने संकेत पनि देखाएनन्, “जनमत गुमाउँदा गुमाउँदै पनि एउटाले अर्कोसँग गठबन्धन गरेर सत्ता हासिल गर्ने प्रपञ्च गरिहे । विश्वास गर्नुस्, यो देशमा मैलेजति रोएको मान्छे कसैले देखेको छैन ।”

उनले यो देशमा मान्छे रोएको आफूले जति कसैले पनि नदेखेको बताएका छन् । “यो देशमा मान्छे रोएको मैलेजति कसैले देखेको छैन । प्रत्येक कार्यक्रममा दैनिक आएर रुनुहुन्थ्यो,” उनले भने, “आम जनताको भीड राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशकहाँ भीड लागेन । किनकि त्यहाँबाट केही लाग्दैन भन्ने जनतालाई लागेको छ ।”

साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021