काठमाडौँ, ७ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।
नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ लिएको समयानुसार असार १० गते नयाँ कार्यसमितिको ६ महिना पुग्छ ।
कांग्रेसको विधान अनुसार २८ विभागको व्यवस्था छ । विभागमा बढीमा ५१ सदस्य हुने प्रावधान छ । प्रमुख, उपप्रमुख, एक सचिव र सदस्यहरुको नियुक्ति पार्टी सभापतिले गर्ने व्यवस्था छ ।