रुपन्देही, ७ असार । जिल्लाको गैडहवा गाउँपालिका–३, लालपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।
प्रहरीका अनुसार गएराति करिब सवा ९ बजे लु२१प ४६२१ र लु८६प १५१४ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुदा घाइते भएका चारैजनालाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा लगिएको थियो ।
उपचारका क्रममा १५१४ नम्बरको मोटरसाइकलमा पछाडि सवार गैडहवा–२ का अन्दाजी १६ वर्षीय सन्नि जैसवालको राति पौने ११ बजे मृत्यु भएको हो । घाइतेमध्ये दुवै मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।