पत्रकारको श्रम शोषण हुनु लज्जा : अध्यक्ष बस्नेत

काठमाडौँ, ६ असार । पत्रकारहरूले तोकिएको पारिश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारको श्रम शोषण हुनु पनि एक प्रकारको हिंसा नै रहेको र यो समस्या समाधन गर्न सञ्चार गृहका नेतृत्वकर्ता रहने सम्पादकले विशेष भूमिका देखाउनुपर्ने उहाँको सुझाव थियो ।

तर, सम्पादकहरु नै धेरैजसो व्यवस्थापकको भूमिकामा देखिँदा समस्या थपिएकोतर्फ अध्यक्ष बस्नेतले चिन्ता जनाउनुभयो । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । स्वतन्त्रताको नाममा हुने विकृतिको अन्त्य गर्नुपर्ने भन्दै अध्यक्ष बस्नेतले कतिपय विषयहरु अहिले भैरहेका कानुनी व्यवस्थाले नसमेटाकाले अब बन्ने निर्देशिकामा थपिने प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021