सबै जमिन सरकारले किनोस् : वामदेव गौतम

काठमाडौँ, ६ असार । राष्ट्रियसभा सदस्य वामदेव गौतमले कृषि उत्पादन बढाउन र समाजवादतर्फ जान कृषिको माध्यम अपनाउनुपर्ने बताएका छन् ।

आजको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए । उनले भने, ‘साँच्चिकै समाजवाद निर्माण गर्ने भए कृषि क्षेत्रमा ध्यान केन्द्रित गरौ, ‘औद्योगीकरण पनि त्यसैबाट हुन्छ,पर्यटनको विकास पनि त्यसैबाट हुन्छ ।’

उनले त्यो कृषियोग्य जमिन केन्द्रले नै परिचालन गर्नेगरी सरकारले चलन चल्तीको मूल्य दिएर किन्नुपर्ने बताए । ‘२६ लाख हेक्टर कृषि जमिन छ त्यो जमिन सरकारले किनोस् । मेरो विचारमा ४ सय खर्बको मूल्यमा त्यो जमिन प्राप्त गर्न सकिन्छ ।’

गौतमले त्यसरी सरकारले लिएको जमिनमा ठुलठुला कृषि फार्म निर्माण गर्न सकिने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021