बिहीवारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

काठमाडौँ, ६ असार । आउँदो बिहीवारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइदै छ ।

२७ जिल्लाका बालबालिकालाई लगाउन पुग्ने कोरोनाविरुद्धको खोप प्रदेशमा पठाउन थालिएको सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा विभागकाअनुसार हिजो अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप प्रदेशमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको हो । प्रदेश कार्यालयले जिल्लामा पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोक्ने विभागले जनाएको छ ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने खोप अभियान विद्यालय केन्द्रित गर्ने तयारी छ ।  पहिलो चरणमा प्रदेश नम्बर १ का झापा, इलाम, सुनसरी, मोरङ मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, गण्डकी प्रदेशको  कास्की, नवलपरासी पूर्वमा खोप अभियान चल्नेछ ।

यस्तै लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने विभागले जनाएको छ। पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021