विद्यालय आएका शिक्षकको मापसे जाँच

गुल्मी, ६ असार । आइतबार विद्यालय समयमा गुल्मीको एक विद्यालयका शिक्षकले अन्य शिक्षकहरूसँग हो–हल्ला गरेपछि उनलाई प्रहरी बोलाएर मापसे जाँच गराइएको छ ।

धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन  माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका  प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।   विद्यालय आउन साथ हाजिर रजिस्टर हेर्दै आफूलाई मर्यादा क्रममा किन तल  राखेको   भन्दै त्यहाँ उपस्थित दुई तीन जना शिक्षकसँग झगडा गर्न थाले पछि मदिरा सेवनको शङ्का लागेर प्रहरीको शब्दमा मापसे चेक गर्न पठाइएको त्यस विद्यालयले जनाएको छ ।  

प्रहरीका अनुसार शिक्षकको रिपोर्टमा  मापसे देखिएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र पन्थी मापसेको रिपोर्ट आफूलाई प्राप्त  नभएको र यसबारे सोमबार छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021