मानिसलाई आक्रमण गर्ने चारवटा बाघ नियन्त्रणमा

चितवन, ६ असार । राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुन वासस्थानमै छाड्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिए । मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउँछ ।

त्यसैले ती बाघलाई नियन्त्रणमा लिएर राख्नेछौ, उनले भने, “२०७७ सालयता हामीले चारवटा बाघलाई नियन्त्रणमा लिएका छौँ र अहिलेसम्म छाडेका छैनौंँ ।” २०७७ सालमा चितवनको देवनगर र बाँकेबाट चालू आर्थिक वर्षमा, गत जेठमा पूर्वी चितवनको राप्तीबाट र पछिल्लो पटक असार २ गते मेघौलीबाट आक्रमणकारी बाघलाई नियन्त्रणमा लिइएको हो ।

मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जका प्राविधिक टोलीले पहिचान गरेर डार्ट विधिबाट नियन्त्रणमा लिने गरेको छ । त्यसरी नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको निगरानीमा राखिन्छ । उनीहरूको आनीबानीलाई अध्ययन गरेर छाड्न मिल्ने भए मात्र छाड्ने गरिएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ

काठमाडौँ, २४ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी

काठमाडौँ, २४ साउन । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५

काठमाडौँ, २४ साउन । निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हृदयेश त्रिपाठीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021