कुनै ठोस कार्यक्रमबिनाको बजेट : सांसद दाहाल

काठमाडौँ, १७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णप्रसाद दाहालले जोखिमको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउने कुनै ठोस कार्यक्रमबिना नै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले मुलुकको अर्थतन्त्रको चुनौतिलाई बेवास्ता गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप समेत लगाउनुभयो । सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले चालू खाता घाटा, व्यापार घाटा, शोधनान्तर घाटा, घटदो मुद्रा संचितिलाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम बजेटमा नभएको उल्लेख गर्नुभयो ।

सांसद दाहालले कर्जा प्रवाहले उत्पादकत्व नबढाएको उल्लेख गर्दै त्यसको प्रयोगबारे अनुसन्धान गर्ने कार्यक्रम समेत बजेटमा समावेश नगरिएको बताउनुभयो । सांसद दाहालले बजेटले वैदेशिक मुद्राको संचिति, आन्तरिक सन्तुलनमा पनि ध्यान दिन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । तनहुँमा जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् ।  जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी

काठमाडौँ, ३ असार । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको

काठमाडौँ, ३ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात्

काठमाडौँ, ३ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस