ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु, १७ जेठ । जिल्लाको कृष्णनगर नगरपालिका ७ जौबारीमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका ७ जौबारीमा हिजो बेलुका ना २ क ८१८ नम्बरको पानी ट्याङकरको ठक्करबाट पैदलयात्री स्थानीय ५५ वर्षीय महोमद हनिकको मृत्यु भएको हो ।

 गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्जस्थित शिबराज अस्पतालमा मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३