कतारी राजकुमारी सगरमाथाको चुचुरोमा

काठमाडौँ, १७ जेठ । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्। कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फरहरीएकोमा खुसी व्यक्त गरेको छ। 

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन् जसले नेपाल भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कचनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फवाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोस्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन्। यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । असार लागेसँगै केही स्थानमा मनसुन सक्रिय हुन थालेको छ । वर्षाका कारण केही जिल्लामा बाढीपहिरो पनि आएको

काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्‍याउने

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस