नेपाललाई प्रेस स्वतन्त्रताको अग्रणी मुलुकमा विकसित गर्न चाहन्छौँ: मन्त्री कार्की

काठमाडौँ, १७ जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको अग्रणी मुलुकका रुपमा विकसित गर्न चाहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३७औँ वार्षिकोत्सवका अवसरमा घोषित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सोमबार उनले त्यसका लागि सरोकारवाला सबैले अग्रसरता लिनुपर्ने र सबैको सहयोगको अपेक्षासमेत गरे । मन्त्री कार्कीले सबैको साझा प्रयत्न र त्यागबाट मुलुकमा विशिष्ट राजनीतिक पद्धति प्राप्त भएको उल्लेख गर्दै यसलाई संरक्षण गरी संस्थागत प्रवद्र्धनमा सबै जुट्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल टिभीका कार्यकारी अध्यक्ष समिरजङ्ग शाहले टिभीको श्रीवृद्धि र विकास तथा कर्मचारी र पत्रकारको वृत्ति विकासका लागि आफू सदैव लागिरहने उल्लेख गर्दै यसको विकल्प नभएको बताए । नेपाल टिभीलाई बढी विज्ञापन उपलब्ध गराउने सरकारी तथा निजी संस्थालाई सम्मान गरिएको थियो भने नेपाल टिभीमा ३० र २० वर्षसम्म निरन्तर काम गरेका कर्मचारी तथा पत्रकारलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर

काठमाडौँ, ३ असार । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण