चितवन, १६ जेठ । जिल्लाको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नं. १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरी टोलीले शब जाँच गरी मुचुल्का तयार गरेको छ ।