काठमाडौँ, १५ जेठ । मोडल खुश्बु ओली राप्रपामा प्रवेश गरेकी छन् ।
विभिन्न दातृ निकायमा परामर्शदातासमेत रहेकी ओली राप्रपामा आइतबार प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी स्थापना दिवसको समारोहमा पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
ओली विगत विवादास्पद रहेको थियो । उनी चर्चित दिनेश अधिकारी ‘चरी’ प्रकरणका साथै एक ठगी प्रकरणमा समेत जोडिएकी थिइन् ।





