काठमाडौँ, १५ जेठ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
सरकारको आउँदो आर्थिक वर्षको बजेटबारे निर्णय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
बैठकले बजेटको आकारबारे अन्तिम निर्णय गर्नेछ । आजै अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।