बालेन र सुनिताको शपथ सोमबार

काठमाडौँ, १५ जेठ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।

कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर साहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। कामपाका प्रमुख साह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।