नागरिकताबारे हचुवामा निर्णय हुन्न, राष्ट्रिय सहमति चाहिन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताबारे हचुवाको भरमा निर्णय गर्नु नहुने उल्लेख गर्दै नागरिकताको लागि राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर नागरिकता वियेधक ल्याइने स्पष्ट पार्नुभयो । नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसक्नु ठूलो अन्याय भएको उल्लेख गर्दै उहाँले यससम्बन्धमा छलफल सहमति गराएर दिने पक्षमा रहेको बताउनुभयो । तर राज्य व्यवस्था समितिले प्रस्ताव गरेअनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिका दिने व्यवस्था गर्न राष्ट्रिय सहमति चाहिने धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘बिहे गरेको ७ वर्षपछि कि ५ वर्षपछि भन्ने सम्बन्धमा राष्ट्रिय सहमति चाहिन्छ । अहिले बिहे गरेको भोलिपल्ट नागरिक हुन पाउने छ । त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ । कहिले ७ वर्ष भनेको छ, कहिले ५ वर्ष त कहिले ३ वर्ष भनेको छ । हचुवा किसिमले ल्याउने कुरा भएन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।