राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति र समझदारी आवश्यक : अध्यक्ष दाहाल

काठमाडौँ, १४ जेठ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक दलहरूबीच फेरि राष्ट्रिय सहमति र समझदारीको आवश्यक्ता देखिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष दाहालले देशको आर्थिक समस्या समाधान गर्न पुनः राजनीतिक एकता र समझदारी आवश्यक परेको बताएका हुन् ।

उनले भने, ‘हामीले शान्ति प्रक्रियालाई टुङ्ग्याउँदै गर्दा र देशलाई नयाँ राजनीतिक प्रणालीमार्फत देशलाई नयाँ युगमा लग्ने सपना देख्दा राजनीतिक दलहरूबीच उत्कृष्ट सहमति देखाएका थियौं,  ‘उक्त समयमा राजनीतिक तहमा जुन एकता र राजनीतिक सहमति देखाएका थियौं । आज पनि त्यसै प्रकृतिको एकता, सहमति र समझदारी बनाउनु आवश्यक छ ।’

प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरू भित्र देखा परेका समस्या र अन्तर दलबीच देखिएका समस्या समाधान गर्न फेरि राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताए । ‘अहिले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्ने क्रम बढेको छ,’ उनले भने, ‘तर, यसरी मात्रै समस्या समाधान हुने स्थिति छैन । यो समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ असार । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको बजेटसहित

काठमाडौँ, २५ असार । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ

काठमाडौँ, २५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।