पोखरा महानगरको मेयरमा एसका आचार्य निर्वाचित

काठमाडौँ, ११ जेठ । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् ।

उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।