तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेको सनदार जित

दाङ, ११ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना नसकिँदै गन्न बाँकी भन्दा फराकिलो अग्रता बनाएर एमालेका टिकाराम खड्का विजयी भएका हुन् । 

तुलसीपुर उपमहानगरमा जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी हुँदा खड्का तीन हजार ३६६ मतले अघि छन् । खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि रहेकाले विजयी भएकी छन् । उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेकी छन् । उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो । तुलसीपुरमा सत्ता गठबन्धन रहेपनि एमाले एक्लैले विजय हासिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड