आजको मौसम

काठमाडौँ, ११ जेठ । आज प्रदेश–१ र वाग्मती प्रदेशसहित केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश–१ र वाग्मती प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

त्यस्तै आज राति देशका उच्च पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल

काठमाडौँ, २३ साउन । काठमाडौँमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

काठमाडौँ, २२ साउन । अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फ्लाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021