खुम्चियो महिला नेतृत्व : नेतृत्वदायी भूमिकाबाट वञ्चित

काठमाडौँ, ११ जेठ । गत वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको निर्वाचनमा दलहरूबीचको चुनावी तालमेलका कारण महिला स्थानीय तहमा चुनिएर नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरबाट वञ्चित भएका छन् । मकवानपुरमा ठूला दलले निर्वाचनमा तालमेल गर्दा महिलालाई भन्दा पुरुषलाई प्राथमिकतामा राखेर भागबण्डा लगाएका कारण स्थानीय तहको प्रमुख वा उपप्रमुख र अध्यक्ष वा उपाध्यक्ष भएर नेतृत्व गर्ने अवसर गुमे को हो ।

२०७४ को स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा चुनावी तालमेल गरेका सत्तारुढ दलले उम्मेदवार बनाउँदा नै महिलालाई वञ्चित गरेका कारण पनि महिला नेतृत्वमा पुग्ने अवसर खुम्चिएको छ । स्थानीय तह निर्वाचनमा नौ जना महिला नेतृ उपप्रमुख र उपाध्यक्षमा निर्वाचित हुँदै नेतृत्वदायी भूमिकामा पुगेका थिए तर यो पटक पालिका प्रमुख र उपाध्यक्षमा गरी चार जना महिलामा सीमित भएको छ । १० स्थानीय तह रहेको मकवानपुरमा यस पटक नेकपा एमालेले बकैया गाउँपालिकामा अध्यक्ष, हेटौँडा उपमहानगर पालिका र थाहा नगर पालिकामा उपप्रमुख तथा बाँकी सात गाउँपालिकामा उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएको थियो ।

नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच नौ वटा पालिकामा चुनावी गठबन्धन भएपनि हेटौँडा उपमहानगर पालिकामा प्रमुख र तीनवटा पालिकामा मात्र उपाध्यक्षमा महिलालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा गएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ

काठमाडौँ, १ भदौ । अभिनेत्री परमिता आरएल राणाले बलिउड मिडिया तथा एजेन्सी पिंकभिल्लासँग सहकार्य गर्ने भएकी छन् । उनले मंगलबार

काठमाडौँ, १ भदौ । ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर

काठमाडौँ, ३१ साउन । नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन् । अमेरिका, युके, जापान,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021