नीति तथा कार्यक्रम : कृषि र स्वदेशी उत्पादनमा प्राथमिकता

काठमाडौँ, ११ जेठ । कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने र स्वदेशी उद्योगको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आर्थिक वर्ष २०७९/८० को सरकारी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गर्ने नीति सरकारले ल्याएको छ। कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाउने नीति सरकारको छ। आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिन विशेष व्यवस्था गरिने भएको छ।

सबैभन्दा धेरै आयात हुने धान मकै, आलु, प्याज, ओखरजस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने नीति सरकारले लिएको छ। कृषिमा सूचना प्रणाली अपनाइने र कृषकको संरक्षण गर्ने नीति लिइनेछ। सरकारले प्रांगारिक मलमा अनुदान दिने भएको छ। २२ हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार र सिँचाइका लागि विद्युत् महसुलमा पनि छुट दिइने भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021