देशमा गफाडीहरु जन्मिएका छन् : अध्यक्ष नेपाल

हेटौंडा, १० जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरु जन्मिएको बताएका छन् ।

मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरु जन्मिएको बताएका हुन् । उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इङ्कित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताए । उनले हेटौंडाको मेयरमा निर्वाचित मीनाकुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाका मेयरहरुले गरेका राम्रा कामहरूलाई आत्मसात गर्दै काम गर्न आग्रह गरेका छन् ।

आठ महिनाको छोटो अवधिमा यो उपलब्धि पार्टीको सानो उपलब्धी नभएको बताएका छन् । उनले आफ्ना कार्यकताहरुलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तै बन्न आग्रह समेत गरेका छन् । असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।

उनले भने, ‘शक्ति र संगठनलाई निर्माण गर्नुपर्दछ, असल गुण भएकाहरुलाई सम्मान गर्नुपर्दछ । हामीले असल मानिसहरुको खोजी गरिरहेका छौं, युवा पिँढी खोजिरहेका छौं । विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग बिना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले भने ‘गठबन्धनको प्रत्येक घटकहरुले चुनावमा भाग लिएका थिए तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021