६३८ मेगावाट विद्युत थपियो, ३२५ किलोमिटर सडक कालोपत्रे भयो : राष्ट्रपति

काठमाडौँ, १० जेठ । चालु आर्थिक वर्षको हालसम्म ६३८ मेगावाट विद्युत उत्पादन भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विषम परिस्थितिमा पनि चालु वर्षको यो अवधिसम्म ६३८ मेगावाट विद्युत उत्पादन थपिएको  बताइन् ।

यो अवधिसम्म ३२५ किलोमिटर सडक कालोपत्रे भएको र १०० वटा पुल निर्माण भएको बताइन् । राष्ट्रपति भण्डारीले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएकी छन् ।  उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताइन् । 

उनले आवधिक रूपमा लोकतान्त्रिक संस्थाहरूको निर्वाचन गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको भन्दै सबै खाले संशय र भ्रमका बाबजुद निर्वाचन सम्पन गराउन सकेकोमा सरकारले सन्तुष्टि महसुस गरेको बताइन् । “स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग, सहयोग पुर्‍याउने सुरक्षा निकाय तथा यसमा संलग्न राजनीतिक दल संघ संस्था तथा आम नागरिक सबैप्रति सरकार आभार व्यक्त गर्दछ,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021