काठमाडौँ, १० जेठ । सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा छलफलका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।
एमालेका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईको प्रस्तावमा राप्रपाका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनसहित यज्ञराज सुनुवार र गणेशकुमार पहाडी समर्थक छन् ।
जनताको ढाड सेक्नेगरी प्रचलित नियम, कानून, निर्देशिका बिपरित अनेकन् बिकल्प हुदा हुदै पनि बदनियतपूर्वक गरिएको मुल्यबृद्धिको बिषयमा प्रतिनिधिसभामा ब्यापक छलफल गर्नेगरी प्रस्ताव दर्ता गरेको बताइएको छ ।

