काठमाडौँ, १० जेठ । छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबेलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कलेजका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप सोही कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरेको हो ।
शिक्षकमाथि कारबाहीको माग गर्दै आज बिहान कलेज परिसरमा विद्यार्थीहरूले प्रदर्शन समेत गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।