वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंह निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर राजेशमान मेयरमा निर्वाचित भएका हुन् । ३२ वटै वडाका मतगणना सकिंदा राजेशमानले ४६ हजार २१५ मत पाउँदा विजयले २३ हजार ६७१ मतमात्रै पाए ।
वीरगञ्जमा एक लाख २४ हजार ६४७ मतदाता रहेकोमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको थियो । उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९५६८ मतमात्रै पाएका छन् । राप्रपाकी चिना जैसवालले ५९८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३९०९ मत ल्याएका छन् ।