महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित, एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित भएका छन् ।

मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ । एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन् ।

एमालेकी उम्मेदवार मीनाकुमारी पोखरेल उपमेयर निर्वाचित भइ न्। उनले २१ हजार पाँच सय ९० मत ल्याएकी छन् । कांग्रेसले यहाँ उपमेयर माओवादी केन्द्रलाई छाडेर गठबन्धन गरेको थियो । सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादीका प्रकाश भण्डारीले जम्मा १२ हजार ८ सय १८ मत ल्याएका थिए ।

कांग्रेसले मेयरको टिकट दिँदा विवाद भएको थियो । यहाँ कांग्रेस महामन्त्री शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच गुटको लडाइँ छ । सिटौला पक्षका केशव पाण्डेलाई मेयरमा सिफारिस गरिए पनि केन्द्रबाट हस्तक्षेप गरेर शर्मानिकट बुढाथोकीलाई मेयर उम्मेदवार बनाइएको थियो । यसैबीच महामन्त्री शर्माको वडामा पनि कांग्रेस एमालेसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021