१८ पालिकाको अन्तिम नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?

काठमाडौँ, १० जेठ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। मंगलबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन । 
सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ। 

अब आउन बाँकी रहेको पालिकामा बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्। प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ४, सिराहा, बारा र पर्साबाट १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ। 

यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । बाँकी रहेका १८ मध्ये उदयपुरको त्रियुगा र बाजुराको बुढी गंगा नगरपालिकामा विवादका कारण मतगणना सुरू हुन सकेको छैन । बाँकी १६ वटा पालिकामा भइरहेको गणना अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले समान ४-४ पालिकामा अग्रता लिइरहेका छन्। जनता समाजवादी पार्टीले ३ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले २ वटा पालिकामा अग्रता लिएको छ । एकीकृत समाजवादी, लोसपा र स्वतन्त्रले एक-एक पालिकामा अग्रता लिएका छन्। 

हेर्नुहोस् कहाँको नतिजा आउन बाँकी छ, कसको अग्रता
झापा मेची नगर नगरपालिका नेकपा एमालेको अग्रता
उदयपुर कटारी नगरपालिका नेपाली कांग्रेसको अग्रता
उदयपुर त्रियुगा नगरपालिका गणना हुन बाँकी
सिराहा गोलबजार नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट गढीमाई नगरपालिका जसपाको अग्रता
रौतहट गरूडा नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट फतुवा विजयपुर नगरपालिका माओवादी केन्द्रको अग्रता
रौतहट बैधीमाई नगरपालिका जसपाको अग्रता
बारा पचरौता नगरपालिका लोसपाको अग्रता
पर्सा वीरगन्ज महानगरपालिका जसपाको अग्रता
काठमाडौं काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवारको अग्रता
ललितपुर ललितपुर महानगरपालिका नेपाली कांग्रेसको अग्रता
चितवन भरतपुर महानगरपालिका माओवादी केन्द्रको अग्रता
कास्की पोखरा महानगरपालिका एकीकृत समाजवादीको अग्रता
रुपन्देही तिलोत्तमा नगरपालिका नेपाली कांग्रेसको अग्रता
कपिलवस्तु महाराजगञ्ज नगरपालिका नेपाली कांग्रेसको अग्रता
दाङ तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेको अग्रता
बाजुरा बुढीगंगा नगरपालिका गणना हुन बाँकी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।