काठमाडौँ, १० जेठ । विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ ।
अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई कोभिड- १९ मा जस्तै दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने नियम लाग गर्न आग्रह गरेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।