काठमाडौँ, १० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय भएको छ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुनेछन्।
सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट सार्वजनिक हुनेछ। दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत भएपछि साँझ ६ बजे उक्त कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा टेबुल गर्नेछन्।