काठमाडौँ, १० जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।