बागलुङ, ९ जेठ । जिल्लाको ढोटपाटन नगरपालिका-७ गाल्ढुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर अन्य ४ जना घाइतेका थिए । उनीहरुलाई थप उपचारको लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।