मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, ९ जेठ । सरकारले मन्त्रिपरिषद बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन ।

उनका अनुसार सार्वजनिक १४ वटा निर्णयहरु:

१. बैठकले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय गरेको छ ।

२. बैठकले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

३. बैठकले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने  ६.८ मिलियन करिव ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

४. बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

५. बैठकले नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । 

६. बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

७. प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समुहको प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

८. स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने निर्णय गरेको छ ।

९. २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्यान्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरूमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ ।

१०. कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत  दिने निर्णय गरेको छ ।

११. वन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

१२. सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

१३. नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

१४. कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021