काठमाडौँ, ९ जेठ । काठमाडौँको भोटेबहालमा एक पसलमा आगलागी भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेको छ । विस्तृत विवरण आइसकेको छैन ।