काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा रहेका छन् ।
बालेन दोस्रो स्थानकी कांग्रेसकी सिर्जना सिंहभन्दा १८,८२५ मतले अगाडि छन् । सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी छिन् । एमालेका उमेदवार केशव स्थापितले २७ हजार २८६ मत पाएका छन् ।
सो महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ ।