पर्सा, ९ जेठ । लाटोकोसेरो चरासहित दुईजनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका–१ मिर्जापुर हुँदै अवैध रुपमा भारत लैजाँदै गरेको लाटोकोसेरो चरासहित भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी–१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ ठेगाना भएका ३५ वर्षीय शेख अनवरलाई पक्राउ गरेको हो ।
उनीहरूलाई उक्त पन्क्षी लिई भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।