भैरहवा, ९ जेठ । १२१ जना यात्रु लिएर नेपाल आएको जजिराको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चरासँग ठोक्किएको छ ।
आज बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान अवतरण गरेपछि चरासँग ठोक्किएको बताइएको छ ।
विमानस्थल स्रोतका अनुसार जहाजको बाहिरी भागमा रगत देखिए पनि रनवेमा कतै चरा देखिएको छैन । जजिराले जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।