तनहुँ, ९ जेठ । जिल्लाको व्यास नगरपालिकामा मेयर उपमेयरमा पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयर कांग्रेस उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका छन । उनले १२ हजार ७८ मत प्राप्त गरेका छ भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरेका छन ।
यस्तै, उपमेयरमा कांग्रेसकी इन्दिरा दरै १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन । उनका प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन ।