रेणु दाहालको अग्रता कायमै

चितवन, ९ जेठ । चितवनको भरतपुर महानगरपालिकाको अहिलेसम्म एक लाख आठ हजार ७६१ मतगणना गरिएको छ ।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेणु दाहालको ४३ हजार ६७४ मतसहित अग्रता फराकिलो बन्दै गएको छ । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले ३३ हजार ७३१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार ३५३ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर नौ हजार ९४३ छ ।

उपप्रमुखमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ४४ हजार ९६१ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार हिमला गुरुङले २६ हजार ७१८  मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।