ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट, ९ जेठ । रौतहटको देवाही गोनाही नगरपालिका-८, संग्राहलयचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ना३त ७०७३ नम्बरको ट्याक्टरले भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका युवकको उपचारका क्रममा झाझपुलस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी छ ।

ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।