हालसम्म ७२६ पालिकाको नतिजा सार्वजनिक, बाँकी २७ मा कहाँ कसको अग्रता ?

काठमाडौँ, ९ जेठ । सोमबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । ५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन् । गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।

बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ ।

अब कसको अग्रता कति ?

नेकपा एमाले-७, नेपाली कांग्रेस-५, जसपा- ३, एकीकृत समाजवादी- २, माओवादी केन्द्र- २, लोसपा- २, स्वतन्त्र-२,गणना हुन बाँकी -२,

यी हुन अब नतिजा आउन बाँकी रहेका पालिकाहरू

झापा मेची नगर नगरपालिका नेकपा एमालेको अग्रता
उदयपुर कटारी नगरपालिका नेकपा एमालेको अग्रता
उदयपुर त्रियुगा नगरपालिका गणना हुन बाँकी
सिराहा गोलबजार नगरपालिका नेकपा एमालेको अग्रता
धनुषा जनकपुरधाम उपमहानगरपालिका स्वतन्त्र उम्मेदवारको अग्रता
सर्लाही बरहथवा नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट गढीमाई नगरपालिका जसपाको अग्रता
रौतहट गरूडा नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट देवाही गोनारी नगरपालिका नेकपा एमालेको अग्रता
रौतहट फतुवा विजयपुर नगरपालिका माओवादी केन्द्रको अग्रता
रौतहट बैधीमाई नगरपालिका जसपाको अग्रता
रौतहट वृन्दावन नगरपालिका एकीकृत समाजवादीको अग्रता
बारा पचरौता नगरपालिका लोसपाको अग्रता
पर्सा वीरगन्ज महानगरपालिका जसपाको अग्रता
काठमाडौं काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवारको अग्रता
ललितपुर ललितपुर महानगरपालिका नेपाली कांग्रेसको अग्रता
चितवन भरतपुर महानगरपालिका माओवादी केन्द्रको अग्रता
कास्की पोखरा महानगरपालिका एकीकृत समाजवादीको अग्रता
रुपन्देही तिलोत्तमा नगरपालिका नेपाली कांग्रेसको अग्रता
रुपन्देही लुम्बिनी सांस्कृतिक नेपाली कांग्रेसको अग्रता
रुपन्देही कोटहीमाई गाउँपालिका लोसपाको अग्रता
कपिलवस्तु महाराजगञ्ज नगरपालिका नेपाली कांग्रेसको अग्रता
दाङ तुलसीपुर उपमहानगरपालिका नेकपा एमालेको अग्रता
बाजुरा बुढीगंगा नगरपालिका गणना हुन बाँकी
अछाम साँफेबगर नगरपालिका नेपाली कांग्रेसको अग्रता

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्