पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी

काठमाडौँ, ९ जेठ । आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

सामाजिक सञ्जालमा बुधबार पीडित युवतीले सन् २०१४ मा आफू सहभागी रहेको सौन्दर्य प्रतियोगितामा आयोजक मनोज पाण्डेले होटलमा बोलाई झुक्याएर नशालु पदार्थ मिसाई खुवाएको र आफू बेहोस रहेको अवस्थामा होटलको कोठामा लगी बलात्कार गरेको आरोप लगाएकी थिइन् ।  अभिभावकसँगको पक्षसँगको छलफलपछि प्रहरीले महान्याधिवक्ताको कार्यालय तथा जिल्ला सरकारी वकिललगायतका सरोकारवाला निकायसँग कानुनी परामर्श गरेको थियो। मौजुदा कानुनअनुसार १६ वर्ष वा मुनिका बालिका बलात्कार घटनाको अनुसन्धान तथा मुद्दा अभियोजन १८ वर्ष पूरा भएको मितिले एक वर्षभित्र चलाउनुपर्छ ।

उक्त मुद्दामा समेत कानुनको हदम्यादको प्रश्न उठ्ने र प्रहरीको अनुसन्धान तथा अभियोजन कमजोर नहोस् भनी शरीर बन्धक तथा मानव बेचबिखन अपराधको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भएको हो। पीडितका अभिभावक प्रहरीमा उजुरी दर्ता गरिनसकेकाले प्रहरीले कुन अभियोगमा टेकेर मुद्दा अघि बढाउने भन्ने सार्वजनिक गरको छैन । सोमबार पीडितका परिवारले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिने तयारी गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।