हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

काठमाडौँ, ८ जेठ । देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, घोराही र कलैया गरी सात वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अझै जीतपुर सिमरा, तुलसीपुर र जनकपुरको गणना जारी छ । तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा भएको मतदानमा विवाद भएपछि हाल मतगणना स्थगित भएको छ । यी ठाउँमा मतगणना गर्ने या पुनःमतदान गर्ने भन्ने अन्योल छ । दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका