बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा, ८ जेठ । धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको हो । बिदाको दिन सरकारी गाडी कुदाउन पाइँदैन । कार्यालय प्रयोजनमा कुदाउनै परे जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र कुदाउनुपर्ने प्रहरीले जनाएको छ ।  

जाँचका क्रममा हिलेबाट १७ वटा, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटाबाट एक/एक वटा सरकारी गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकामध्ये चार पाङ्गे गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल रहेकाे प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।